जेन–जी आन्दोलनको समिक्षा : नेपालगंजमा मैले जे देखे !

जेन–जी पुस्ताको आन्दोलनका एजेण्डाहरुमा मेरो समर्थन छ । मुख्य गरेर दुईवटा माग, एक भ्रष्टाचारको अन्त्य र सुशासन । दुई स्थायी सरकार कम्तिमा चार वर्ष कार्यकाल भएको, व्यवस्थाका हकमा मेरा आफ्नै धारणा छन् । आन्दोलनमा मैले जे देखे लेख्न मन लाग्यो ।

हामीले असार ५ गते भ्रष्टाचार विरुद्धको आन्दोलनको घोषणा गरेका थियौं । देशमा रहेको दलाल संसदीय व्यवस्थाबाट आम जनता प्रताडित भए, सरकारसंग जोडिएका राजनीतिक दल र यस व्यवस्थाका तीन वटै अंगहरुमा मिलेमतोमा, भ्रष्टाचार भयो भनेर । शिक्षा निःशुल्क भनियो, संविधानमा झन धेरै शिक्षालाई भ्रष्ट र व्यापारिकरण गरियो । स्वास्थ्य निःशुल्क भनियो झन धेरै महंगा महंगा निजि अस्पतालहरु खोलिय र माफियाकरण गरियो । गरिब जनताले लडेर ल्याएको व्यवस्थामा न्याय पाउने कुरा दुर्लभ बन्यो । पैसा भएकाहरुका लागि मात्र न्याय बन्यो । न्यायाधीशहरु धेरै भ्रष्ट भए र न्याय क्षेत्र डुङडुङ्ग गनायो । देशका तिनै तहका सरकारहरुका सेवा क्षेत्रहरु दलाल र भ्रष्टहरुले कब्जा नै गरिसकेका थिय ।

सार्वजनिक सम्पतिहरु सवै माफियाकरण भए । वैदेशिक रोजगारका नाममा मानव तस्करी भए र आज यसरी विदेश गएका नगरिकहरु ठूलो दुःख र पिडामा छन् । कोहि जेलमा छन् त कोहि लुकेर जीवन बिताउन बाध्य छन् । कोहि डिर्पोट गरिदैछन् । ठुला ठुला सुन काण्डहरु भए, देशका सबै प्रकृतिक स्रोतहरु एक पछि अर्को गर्दै विदेशीहरुलाई सुम्पियो । असामान सन्धि सम्झौताहरुको देशमा चाङ लागिसके ।

राजनीतिक दलका नेतनहरुका कारण मुख्य मुख्य स्रोतहरुमा मिलोमतोमा लुटपाट गरियो । राष्ट्रसेवक भनिएका कर्मचारीहरु विदेशी इशारामा राष्ट्र सेवाका नाममा भ्रष्टाचार र राष्ट्रघातमा लिप्त बने । सवै सुरक्षा अंगहरु पराईको इसारामा चल्ने र कमाउ धन्दामा सामेल भए । यी तमामखालका समस्याहरु भए भनेर हामिले लेखेर दिएका थियौं । हामीलाई थाहा थियो देश पश्चगमन तिर जाँदैछ भनेर भनेका थियौं र सचेत गर्दा गर्दै पनि अहंकारको सिकार बन्यो देश । यसको परिणाम स्वरुप देशमा जेन–जी आन्दोलनको नाममा दलाल सरकारले नरसंहार गर्यो । यसरी नेपालका सबै सहरहरुमा पश्चगमन र विदेशी दलालहरुले निर्दोष जेन–जी युवा विद्यार्थीहरुको आवरणमा ताण्डप मच्चाए ।

मैले नेपालगंजको पुस्पलाल चोकमा भएको ताण्डपमा धेरै दक्षिणका अनुहार देखे अनि धेरै लागुऔषध प्रयोगकर्ता । केही गुण्डाहरु अनि केही ईमानदार जेन–जीहरु थिए, जहाँ जेन–जी हाए हाए, राजा आउ, बालेन सरकार, केपी मुर्दावाद जस्ता अराजनीतिक र अमर्यादित नाराहरु लागाउदै थिए । केही वेरमा दस बाह्र जना राजावादि युवाहरुको टिम आयो अनि सडक ट्राफिक लाईटमा ढुङ्गा हानियो पुर्ण रुपमा ध्वस्त पारियो । ट्राफिक बस्ने स्टेन प्रहरी ड्युटी घर जलाए अनि केही राजावादी युवाहरु पुस्पलालको सालिक माथि चडेर तोडफोड गरे ठूलो घनलिएर तोड्न थाले अनि केही बेरमा ढलेपछि खुसि मनाए ।

केहिबेरमा सेतु विक चोकमा गए र हाम्रो राजा हाम्रो सान भन्दै सेतु विकको सालिक पनि तोडफोड गरे । यो टोली वढिमा १२० जना जति थिए । ठिक त्यहि समयमा विपी चोकमा पनि विपीको सालिक ढाले अनि नगरपालिमा भित्र गएर आगो लगाए । यिनिहरु बढिमा २०० जना जति थए । त्यसपछि गणेशमान चोक पनि तोडफोड गरे । लगभग २ः३० बजेतिर अदालत, मालपोत, जिल्ला प्रशासन कार्यलय, नापी, यातायात, बार एसोसिएसन, लगाएतका भवनहरुमा अगजनी गरेर खरानी पारियो ।

यसरी नै देशै भरका सवै कार्यालय भित्र रहेका मोटरसाइकल, गाडीहरु घिसारेर केही व्यक्तिहरुले लगि रहिका थिय । कसैले कम्प्युटर, सिपियूहरु बोकी रहेका थिए र केही व्यक्तिहरु यहाँ रहेका सवै कागजहरु जलाउनु पर्छ भनी रहेका थिए । यस कार्यमा साना साना बच्चाहरु समेतको प्रयोग गरिएको थियो । करिब ३०० जना जत्ति आन्दोलनकारी थिए । अब यो आन्दोलन भन्सार तिर अघि बढ्यो । त्यहाँ पनि आगजनी गरे, भन्सारमा रहेको चामल लगाएत सवै समाग्रीहरु लगे, गाडी लगे, मोटरसाईकलहरु गुडाउदै लगे अनि त्यो भिड उतै, गयो र ताण्डप सकियो ।

यसरी नै सरकारमा रहेका राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले तथा नेकपा माओवादी र अन्य दलका कार्यालयहरु, नेता र जनप्रतिनिधिहरुका घरहरुमा आगो लगाउने काम भयो । सवै देशका मुख्य शहरहरु सुनसान बन्यो । सुन्य भयो धुलो परियो ।
केही बेरमा कोही कसैसंग सम्बन्ध थियन, केबल मानिसहरु आफ्नो ज्यान बचाउमा थियो । कानुन राज्य, सरकारका कुनै अनुभुति थिएन । लाग्छ मानिस फेरि ढङ्गे युगतिर फर्कियो । लगभग आठ बजेतिर अर्को सुचना आयो । नौवस्ता कारागारमा गोली चल्यो पाँच जनाको मृत्यु भयो ।

अनि मैले सोचे किन यस्तो भयो काठमाण्डौमा कारागारबाट मानिसहरु निकालेर घर पठायो । सुरक्षाकारण भनेर देशका अन्य भू–भागका जनतालाई कानुन पनि उस्तै हैन र ? कि कानुन पनि देशका भू–भाग अनुसार फरक–फरक छ र ? भन्ने लाग्यो । यसरी मेरा शहरहरु काठमाडौं, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी, बुटवल, दाङ, चितवन, विरगञ्ज, विराटनगर, धरान र धनकुटा, लगाएत हाम्रा सवै शहरहरु केही बेरमा सुनसान बन्यो ।

फेरि सोचे हामीले गरेको महान जनयुद्धमा जसरि हामीसंग यो सेना, यो प्रहरी, लडाइ लड्यो १४३०० सय भन्दा बढिको ज्यान गयो के यी नेपाली थिएनन् र ? यी कहिल्यै पनि अरुको कब्जामा लिन नसकेका सरकारी कार्यालयहरु १२, १४ घण्टामै खरानी बने के भयो होला त्यति धेरै सुरक्षा अंगलाई ? थुप्रै प्रश्न र जिज्ञासाहरु छन् मन मस्तिष्कमा, यी संरचनाहरु त केही बर्षमा निर्माण गर्न सकिएला त्यहाँ भएका ऐतिहासिक अभिलेखहरु जेन–जीहरुलाई नचाहिने होला ? के देश अब कट्पुतलीहरुले चलाउने भए ? के देश अन्तराष्ट्रिय शक्ति केन्द्रको सिकार भयो ? के पश्चगामीहरुले यसको भरपुर फाईदा लिएनन् ? यी यस्ता विषयहरु सबै अनुउत्तरित छन । यसको जवाफ नेपाली जनताले खोजेका छन् ।

नेपालको राजनीतिमा भएका पार्टीका लाखौं पार्टी सदस्यहरु कता गएको ? सबै सदस्यहरु झोले नै हुन त, यिनसंग कुनै राजनीतिक विचार दर्शन रहेन छ त ? यसरी सवै विवेकहिन मान्छेहरुको जमात रहेछ त ? यसरी हामिले यो व्यवस्था मान्ने दलाल संसदिय व्यवस्थाको आफ्नो भन्ने केही हुँदैन, न उसको उत्पादन हुन्छ, न आफ्नो विचार राजनीति हुन्छ, न आफ्नो देश हुन्छ, न त आफ्नो राष्ट्र, राष्ट्रियता हुन्छ, भनेर सबै सचेत नागरिकलाई भन्दै र लेख्दै आएका थियौं । सत्य सावित भएन त ? यी थुप्रै विषयहरुको जबाफ कसले दिन्छ ? हेर्न बाँकी नै छ । अर्को विद्रो हुनबाट अब कसैले रोक्न सक्ला त्यसैले अब हुने विद्रोह जनवादी हुँदै वैज्ञानिक समाजवादको हो र हुन्छ…….!
(लेखक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पिविएम र ३ न. भेरी कर्णाली ब्यूरो सचिव हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार